काठमाडौं । वन तथा वातावरणमन्त्री डा.वीरेन्द्रप्रसाद महतोले वन्यजन्तु र मानवबीचको द्वन्द्व अहिलेको प्रमुख चुनौती रहेको बताएका छन् ।
राष्ट्रिय प्रकृति संरक्षण कोषको ४१ औं वार्षिकोत्सव तथा संरक्षक संरक्षण समारोहलाई शुक्रबार सम्बोधन गर्दै उनले कोषले सरकारसँग समन्वय गरेर यस्ता समस्याको व्यवस्थापनमा जोड दिनुपर्ने बताए ।
जीवजन्तु बढाउँदै गर्दा कृषकको लागि बाँदर, हात्ती, बँदेललगायतका जीवजन्तुबाट समस्याहरु सिर्जना भएकाले त्यसको व्यवस्थापनमा जोड दिनुपर्ने आवश्यकता रहेको मन्त्री महतोको भनाइ थियो ।
उनले भने, ‘हामीसँग भएका संस्थालाई सुरक्षित र सक्रिय गरेर मन्त्रालयसँग सहकार्य गरेर अघि बढ्नसके पर्यटक स्थलको विकास गर्न सकिन्छ । पर्यटकहरु बढाउन सकिन्छ । संसारमा नभएका जीवजन्तुहरु जुन हाम्रा सम्पत्ति हुन् । ती हेर्न पर्यटकहरु आउनेछन् । यसले आर्थिक समृद्धिमा ठूलो टेवा पुग्नेछ ।’
मन्त्री महतोले जीवजन्तुबाट कृषकले पाइरहेका समस्या समाधानका लागि आवश्यक पहल गर्नुपर्ने बताए ।

Leave a Reply