असनमा सिकिस्त भेटिएका दुई भरियाकाे उपचारका क्रममा मृत्यु

काठमाडौं। काठमाडौंको असन क्षेत्रमा मजदुरी गर्दै आएका दुई भरियाको मृत्यु भएको छ। महानगरीय प्रहरी वृत्त जनसेवाले शुक्रबार बिहान उनीहरुलाई अस्पताल पुर्‍याएपछि उपचारका क्रममा मृत्यु भएको हो।

जनसेवा वृत्त प्रमुख भेषराज रिजालका अनुसार मसान गल्ली र असन क्षेत्रमा ती दुई मजदुरलाई सिकिस्त अवस्थामा भेटेर अस्पताल पुर्याइएको थियो। मृत्यु हुनेमा दोलखाको कालिन्चोकका ५४ वर्षीय पूर्णबहादुर थामी र  अन्दाजी ३५ वर्षका अर्का एक युवक रहेका छन्।

‘उनीहरु ज्याला मजदुरी गर्दै सार्वजनिक स्थानमै सुत्ने गरेका रहेछन्। बिहान खबर पाएपछि अस्पताल लगिएको थियो’, डीएसपी रिजालले भने।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *