यी हुन् मन्त्रिपरिषद्का पछिल्ला २ बैठकका ३२ निर्णय (सूचीसहित)

काठमाडौं । सरकारले राष्ट्रिय आवास कम्पनी लिमिटेडको रिक्त महाप्रवन्धक पदमा रामकृष्ण निरौलालाई नियुक्त गर्ने निर्णय गरेको छ । असोज २४ र शुक्रबारका मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री रेखा शर्माले सो जानकारी गराइन् । शहरी विकासमन्त्री सीता गुरुङको गृहजिल्ला तेह्रथुमका निरौला नेपाली कांग्रेस निकट हुन् । उनी यसअघि नेपाली कांग्रेस लालिगुराँस गाउँपालिका तेह्रथुमका सचिवसमेत थिए ।

नवनियुक्त प्रवन्धक निरौला ।

राष्ट्रिय आवास कम्पनी लिमिटेड सहरी विकास मन्त्रालय अन्तर्गत रहेको छ ।

उनका अनुसार बिहीबार बसेको बैठकले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको सभामा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, २०६३ कमो दफा सात को उपदफा दुईको ‘ध’ बमोजिम अमुदा श्रेष्ठ र पदमबहादुर गिरीलाई सदस्य मनोनयन गर्ने निर्णय गरेको छ । यस्तै दुग्ध विकास संस्थानको सञ्चालक समितिको सदस्यमा डा. वेदबहादुर क्षेत्रीलाई नियुक्त गरिएको छ ।

बिहीबारकै बैठकले मनाङ एयरको नाईन एन एजेएनको असोज २७ गते भएको दुघर्टना जाँचबुझ गर्न यस अघि गठित समितिलाई कार्यादेश दिने निर्णय गरेको छ । यसअघि सरकारले गत असार १२ गते मनाङ एअरको नाईन एन एएमभी कलसाइन रहेको हेलिकोप्टर दुर्घटनाको जाँचबुझ गरी प्रतिवेदन पेश गर्न गैर सैनिक हवाई उडान (दुर्घटना जाँच) नियमावली, २०७१ को नियम १० बमोजिम जाँचबुझ समिति गठन गरेको थियो ।

यस्ता छन् मन्त्रिपरिषद्को पछिल्ला २ बैठकका ३२ निर्णय

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *