संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस कात्तिक १२ मा नेपाल आउने

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आगामी कात्तिक १२ गते नेपाल आउने भएका छन्।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै परराष्ट्र मन्त्रालयको निमन्त्रणमा महासचिव गुटेरेसको कात्तिक १२ देखि १५ सम्म नेपाल भ्रमण हुन लागेको सरकारको प्रवक्ता रेखा शर्माले बताइन्।

गुटरेसको यसअघि असोज २६ गते आउने कार्यक्रम तय भएपछि इजरायलमा हमास समूहको आक्रमणपछि स्थागित भएको थियो। महासचिव गुटरेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष तहको भेटवार्ता गर्ने तय भएको छ।

महासचिव गुुटरेसले नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तनलगायतको बिषयमा भ्रमणको क्रममा चासो राख्ने जनाइएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *