भष्मे डन’को तेस्रो गीत ‘मेरो शिव’ सार्वजनिक

काठमाडाैं। कात्तिक ४ गते शनिबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘पशुपति प्रसाद २–भष्मे डन’को तेस्रो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘मेरो शिव’ गीतमा सिनेमाका सम्पुर्ण मुख्य कलाकारहरु फिचर्ड छन।

गीतमा किरण भुषालको संगीत, कृष्ण उदासीको शब्द रचना र शान्तिम कोइराला र र्‍यापर युनिक पोइटको स्वर सुन्न सकिन्छ । दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको चलचित्रले ‘पशुपति प्रसाद’को मृत्यु पश्चात पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न संघर्षरत ‘भष्मे डन’को कथा पस्केको छ।

चलचित्रमा विपिन कार्की, स्वस्तिमा खड्काका, बर्षा सिवाकोटी, सौगात मल्ल, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहाल लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने पनि विशेष भुमिकामा देखिनेछन् ।

टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । चलचित्रको निर्माता पनि उनी स्वयं हुन् । चलचित्रमा निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन र कृष्ण भारद्वाजको संगीत रहेको छ ।

चलचित्रलाई नेपालमा डिसिएन, टि फक्स र रिच इन्टरटेनमेन्ट, भारतमा सुष्मा प्रोडक्सनले र विश्वभर सेभेज सिजले वितरण गर्दैछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *