कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन चियापान कार्यक्रम गर्ने

काठमाडौं । नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन चियापान कार्यक्रम गर्ने भएको छ।

दसैँ, तिहार, नेपाल सम्वत, छठलगायत पर्वहरूको अवसरमा कात्तिक ११ गते चियापान कार्यक्रम गर्न लागेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए।

चियापान कार्यक्रम दिउँसो १ देखि ५ बजेसम्म पार्टीको केन्द्रीय कार्यालय सानेपामा हुनेछ। कांग्रेसले २०३३ सालदेखि हरेक साल कोजाग्रत पूर्णिमाका दिन चियापान कार्यक्रम गर्दै आएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *