काठमाडौं । मलेसियामा जारी एसीसी यू-१९ प्रिमियर कप क्रिकेटअन्तर्गत नेपालले अहिले साउदी अरेबियाविरुद्ध ब्याटिङ गर्दैछ ।
समूह चरणको अन्तिम खेलमा साउदीविरुद्ध नेपाल मैदानमा उत्रिएको हो ।
साउदी अरेबियाले टस जितेर फिल्डिङ राेजेपछि नेपालका अर्जुन कुमाल र दीपक बोहरा ओपनरको रुपमा मैदानमा आएका छन् ।
यसअघि नेपालले बहराइनलाई ७ विकेट र इरानलाई २७४ रनले हराएको थियो ।
समूहको विजेता सेमिफाइनल पुग्नेछ ।

Leave a Reply