नयाँ भन्नेहरूलाई रविको जवाफ- ढिलो जन्मेकाले होइन, युगले खोजेकाले विकल्प दिन आएका हौं (भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरु युगले खोजेअनुसारको नयाँ भएको बताएका छन् । रास्वपाद्वारा आयोजित नीति मन्थन कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै अहिले राजनीतिलाई व्यवसायजस्तो बनाएको बताए ।

उनले भने, ‘राजनीतिलाई व्यवसायजस्तो बनाइएको छ । त्यसलाई मुक्ति दिएर नयाँ पुस्ताको चाहना र नयाँ चुनौतिलाई सामना गर्नको लागि हामी आएको हौं । हामी ढिलोजन्मेकोे कारणले हामी नयाँ भनेका होइनौं । धेरै राजनीतिक दलका दलका नेताहरुले टिप्पणी गर्दा हिजो हिजो भर्खरी आए भनिराखेका छन् हामी ढिलो जन्मेका र अस्ति मात्रै पार्टी दर्ता भएको आधारमा नयाँ भनेका होइनौं । नयाँ भनेका युग र संसारले खोजेको नयाँ हो ।’

आफूलाई स्वाद परेअनुसारको छिमेकी देशलाई गाली गर्नुलाई राष्ट्रियता मान्न नहुने बताए ।

उनले थपे, ‘तीन गरेका प्रगतीलाई नहेरी आलोचनामा रहेर राजनीति गर्ने परम्परा एउटा पुस्ताले राख्यो अब नयाँ युगका नयाँ चुनौती र आवश्यकता अनुसार अघि बढाउँन आएका हौं ।’

 

Comments

One response to “नयाँ भन्नेहरूलाई रविको जवाफ- ढिलो जन्मेकाले होइन, युगले खोजेकाले विकल्प दिन आएका हौं (भिडिओ)”

  1. पुष्कर कडेल Avatar
    पुष्कर कडेल

    अमेरिकाको कानुन छल्न नेपाल आएको एउटा पात्र हिजोआज आफूलाई सच्चा राष्ट्रवादी र लोकतंत्रवादी चरित्रवान हिरो देखाउन पुराना होइन, नयाँ भन्दैछ। तर हिजो त्यही पात्रले नेपाली नागरिकता त्यागेर अमेरिकन बन्यो। अमेरिका छोडेर किन आयो? मेक्सिकन मूलको अमेरिकन नर्ससँग अनैतिक सम्बन्ध राखेर जन्मेको छोरो कता छ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *