उत्तरी गोरखामा हिमपात, लेक लागेर बिरामी परेका पर्यटकको सांसद बजगाईँले हेलिकप्टरबाट गरे उद्धार

पोखरा । उत्तरी गोरखाको मनास्लु हिमाल क्षेत्रमा भारी हिउँ परेको छ । दिनभर बादल लागेर मौसम प्रतिकूल भएपछि सोमबार र मंगलबार हिउँ परेको चुमनुब्री गाउँपालिकाले जनाएको छ ।

यो वर्षको पहिलो हिमपातले लेक लागेर बिरामी परेका केही व्यक्तिलाई गोरखा १ का सांसद राजेन्द्र बजगाईँ आफैं हेलिकप्टर लिएर गई उद्धार गरेका छन् । समुद्री सतहबाट ३८०० मिटर उचाइमा रहेको साम्दो र ३३०० मिटर उचाइमा रहेको सामागाउँमा हिउँ परेको सांसद बजगाईँले जानकारी दिए ।

हिमपात भएपछि मनास्लु क्षेत्र भ्रमणमा गएका तीनजना आन्तरिक पर्यटकको हेलिकप्टरबाट उद्धार गरिएको हो । गोरखाको अन्तिम गाउँ साम्दो पुगेका आन्तरिक पर्यटकहरु कपिल घिमिरे, वसन्त घिमिरे र सुवोध अर्याल हिमपातपछि बिरामी परेकाले हेलिकप्टरबाट उद्धार गरिएको बजगाईँले बताए ।

उत्तरी गोरखामा हेलिकप्टर उडानमा समेत अनुमति चाहिने भएकाले उद्धारमा कठिनाइ हुनेगरेको छ । उडान प्रतिवन्ध हटाउन सांसद बजगाईँले सरकारलाई दबाब दिइरहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *