हालान्डको नर्वेलाई हराउँदै स्पेन युरो कपमा छनोट

म्याड्रिड। पूर्व विजेता स्पेन युरो कपका लागि छनोट भएको छ । छनोट प्रतियोगिताअन्तर्गत आइतबार राती भएको खेलमा नर्वेलाई १-० गोलले हराउँदै स्पेनले फाइनल चरणमा स्थान पक्का गरेको हो। स्पेनको जितमा गाभीले गोल गरे।

उनले ४९ औँ मिनेटमा गरेको गोल निर्णायक बनेको थियो। नर्वेका प्रभावशाली स्ट्राइकर एर्लिङ हालान्डले प्रभाव देखाउन सकेनन्। समूह एमा ६ खेलबाट १५ अंक भएको स्पेन शीर्षस्थानमा छ।

६ खेलबाट स्कटल्यान्डको १५ र ७ खेलबाट नर्वेको १० अंक रहेको छ। समूहबाट स्कटल्यान्डले पनि युरो कपमा ठाउँ बनाएको छ। अब नर्वेको छनोट हुने सम्भावना प्ले अफबाट मात्र बाँकी छ। त्यसका लागि उसले समूहमा तेस्रो स्थानमा रहनुपर्ने छ। स्पेनले सन् २००८ र २०१२ को युरो कप जितेको थियो।

अर्को खेलमा वेल्सले क्रोएसियालाई २-१ गोलले हरायो। वेल्सका दुवै गोल ह्यारी विल्सनले गरेका थिए। उनले ४७ र ६० औँ मिनेटमा गोल गरेपछि वेल्स २-० गोलले अगाडि बढेको थियो।

७५ औँ मिनेटमा क्रोएसियाका मारियो पसालिचले गोल गरेपनि टोलीको हार टार्न सकेनन्। समूह बीमा ६ खेलबाट वेल्स र क्रोएसियाको समान १० अंक छ। ७ खेलबाट १६ अंक भएको टर्की शीर्षस्थानमा छ।

अर्को खेलमा टर्कीले लाट्भियालाई ४-० गोलले हरायो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *