प्रकाश ज्वालाको जिकिर- ओली प्रतिगमन परास्त गरेर पहिलो पार्टी बन्ने लक्ष्यमा हिँडिरहेका छौं

काठमाडौं । नेकपा एकीकृत समाजवादी का उपमहासचिव प्रकाश ज्वालाले पार्टीलाई मुलुकको पहिलो शक्ति बनाउनेगरी काममा लाग्न पार्टीपंक्तिलाई निर्देशन दिएका छन्।

सुर्खेतमा आयोजित जागरण अभियानलाई सम्बोधन गर्दै भौतिक पूर्वाधार तथा यातायता मन्त्री समेत रहेका ज्वालाले पार्टीलाई कमजोर पार्न षड्यन्त्रलाई परास्त गर्दै अगाडि बढिरहेको बताए।

उनले आफूहरुले कर्णालीबाट विद्रोह गरेपछि केपी ओली प्रतिगमन परास्त भएको जिकिर गरे।

उनले भने, ‘बाटो बिराएको संसद, सविधान र राजनीतिले सहि बाटोमा हिडाउन हामी सफल भएका हौं। हाम्रो विद्रोह पछि संसद पुनःस्थापना भयो। त्यसपछि नियमित देशले अर्को आम निर्वाचन भयो। हामीले त्यहि विद्रोहको जगमा पार्टी निर्माण गरेका हौं। हाम्रो पार्टीलाई कमजोर पार्न निर्वाचन आयोगदेखि विभिन्न शक्तिहरू परिचालन गरेर राष्ट्रिय पार्टी बन्नबाट रोक्ने काम भए। त्यस्ता षड्यन्त्रलाई परास्त गर्दै हामी अगाडि बढिरहेका छौं।’

उनले यो अभियानले पार्टीकाप्रति जनआकर्षण बढेको सुनाए। उनले अहिले सरकारले कर्णालीको विकासलाई प्राथमिकता दिएको बताए।
उनले भने, ‘कर्णालीलाई गरिबी, पीछडिएको प्रदेशका रूपमा चिनिन्छ। सुनको कौचौरामा नुनको भिख मागिरहेको भनेर भनिन्छ। हामीले यस भाष्यलाई बदल्ने संकल्प गरेका छौं। भोक, रोग र शोकको परिचय बोकेको कर्णालीलाई समृद्ध बनाउने संकल्प गरेका छौं।’

Comments

3 responses to “प्रकाश ज्वालाको जिकिर- ओली प्रतिगमन परास्त गरेर पहिलो पार्टी बन्ने लक्ष्यमा हिँडिरहेका छौं”

  1. ksp pyl Avatar
    ksp pyl

    दिल्लीका टट्टुहरूलाई मोदीको नोकर बन्न नै भ्याई नभ्याई छ । कहाँबाट पहिलो बन्नतिर लाग्ने ?

  2. भीम काेईराला Avatar

    खुट्टी हेरेरै पत्याइयाे ।

  3. मुरारि पराजुली Avatar
    मुरारि पराजुली

    हसाउन खप्पिस रहेछ साथी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *