काठमाडौं । दसैंको टिकाको दिनबाहेक अध्यागमन विभागमा पर्यटक भिसा शाखा र एजेन्सी शाखा खुला रहने भएका छन् । विभागका अनुसार सार्वजनिक बिदामध्ये टिकाको दिन अर्थात कात्तिक सात गतेका दिन भने यी शाखासमेत बन्द रहने छन् ।
यसबाहेक अन्य बिदाका दिनमा बिहान ११ बजेदेखि एक बजेसम्म सेवा प्रवाह हुने विभागका निर्देशक खिमराज भुसालले जानकारी दिए । उनका अनुसार तिहारमासमेत भाइटिकाको दिन अर्थात कात्तिक गते मात्रै पुरै कार्यालय बन्द हुने छ । अन्य दिनमा भने सार्वजनिक बिदामासमेत बिहान ११ बजेदेखि दिउसो एक बजेसम्म यी शाखा खुला नै रहने विभागले जनाएको छ ।
अहिले पर्यटकीय मौसम पनि भएकाले विभागले पर्यटकलाई दिने ट्राभल अनुमतिका लागि शाखा खुलै राख्ने निर्णय गरेको हो ।

Leave a Reply