काठमाडौं । सर्वोच्च अदालतमा दशैंको अवधिमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइ प्रत्येक दिन बिहान ११ देखि ३ बजेसम्म हुने भएको छ ।
दशैंको घटस्थापनादेखि कोजाग्रत पूर्णिमाका दिनसम्म अदालत बन्द रहने भए पनि त्यस अवधिमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन भने सुनुवाइ हुने सर्वोच्च अदालतले जनाएको हो ।
सर्वोच्च अदालतले आइतबार सूचना जारी गर्दै बन्दी प्रत्यक्षीकरण रिट सुनुवाइ गर्ने न्यायाधीशको सूची पनि तय गरेको छ ।


Leave a Reply