रविलाई हिक्मतको जवाफ : कोशीमा हाम्रो सहकार्य गठबन्धनसँग होइन, कस्मेटिक साथी ओभरस्मार्ट नबन्नुस्

हेटौँडा । नेकपा एमाले नेता तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री हिक्मत कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ‘ओभर स्मार्ट’ नबन्न चेतावनी दिएका छन् ।

कोशी प्रदेशमा एमालेले ८ जना कांग्रेस सांसदको साथ पाएका केदार कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरेपछि रास्वपा अध्यक्ष लामिछानेले सामाजिक सञ्जालमा लेखेको स्टाटसको उत्तर दिँदै कार्कीले ‘स्वघोषित सेलिब्रेटी’ले ओभर स्मार्ट बनेर जनपक्षिय शक्ति एमाले लाई अन्डरस्टीमेट गर्ने दुस्साहस नगर्न चेतावनी दिएका हुन् ।

कोशीमा एमालेले कांग्रेसको कार्कीलाई समर्थन गरेर मुख्यमन्त्री बनाएपछि लामिछानेले ‘गत उप–निर्वाचनमा मलाई र डा. स्वर्णिमलाई हराउन ड्राफ्ट भएर एउटा मात्र हस्ताक्षर हुन बाँकी रहेको ‘महागठवन्धन’ले आज कोशीमा सार्थकता पाएछ‘ भन्दै शनिवार बिहान स्टाटस लेखेका थिए ।

लामिछानेलाई जवाफ दिँदै कार्कीले लेखेका छन् ‘कस्मेटिक नेता साथीहरू हो ! आफूलाई सम्हाल्नुस् है, कोशी प्रदेशमा महागठबन्धन होइन है । एमाले अहिलेको सत्ता गठबन्धनसँग नभएको मात्रै होइन नि, यसको समर्थन गर्ने त के, यस अहिलेको गठबन्धन सँग सहकार्य पनि गर्दैन, कोशी प्रदेश सरकार निर्माणमा हाम्रो सहकार्य अहिले कांग्रेस सँग मात्रै हो, स्वःघोषित सेलिब्रेटिले आफू लाई ओभर स्मार्ट बनेर जनपक्षिय शक्ति एमाले लाई अन्डरस्टीमेट गर्ने दुस्साहस नगर्नुस्, तपाईँहरू जस्ता धेरै कलाकार एमालेले देख्ने ,भोग्ने र बेहोर्ने काम समेत गरिसकेको छ। त्यसैले आफूलाई अपराधमाथि उभिएर पानी माथिको ओभानो बन्ने प्रयास नगर्नु हुन सादर अनुरोध छ।’

Comments

One response to “रविलाई हिक्मतको जवाफ : कोशीमा हाम्रो सहकार्य गठबन्धनसँग होइन, कस्मेटिक साथी ओभरस्मार्ट नबन्नुस्”

  1. ksp pyl Avatar
    ksp pyl

    सहि जवाफ अमेरिकी गद्दारलाई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *