ओलीलाई विश्वप्रकाशको कटाक्ष- कांग्रेस ३२ सीटेको पछि हिँड्यो भन्नुहुन्थ्यो, आफैँ कोशीमा ८ सीटको पछि हिँड्नुभयो (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी ओलीको अभिव्यक्तिप्रति कटाक्ष गरेका छन्। ओलीले केही दिनअघि कांग्रेस ३२ सीटे माओवादीको पछि हिँडेको टिप्पणी गरेका थिए।

त्यसको जवाफ फर्काउने काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भने, ‘अस्ति केपी कमरेडले आरामले भन्दिनुभयो कांग्रेस ३२ सीटेको पछि लागेको छ भनेर। हो त सही हो। उहाँले बनाएर हिँड्नुभयो हामीले सँगै लिएर हिँड्यौँ। पुस १० गते उहाँले बनाउनुभयो। आज म कसरी भनौँ तपाईँ कोशीमा कांग्रेसको ८ सीटको पछि लाग्नुभयो नि भनेर। त्यसैले हामीले जिम्मेवार भएर लागौँ।’

उनले एउटाले अर्कोलाई आलोचना गर्न छाड्न समेत आग्रह गरे। उनले नयाँ दलको ऊर्जासँगै संस्कृति पनि नयाँ भएर जान सुझाव दिए।

उनले सबै मिलेर यो देश मिलेर बनाउने अभियानमा लाग्न आग्रह गरे। उनले मंसिर ४ मा एमालेले उदार भावना देखाएकै कारणले आफू संसदमा आएको समेत बताए।

Comments

3 responses to “ओलीलाई विश्वप्रकाशको कटाक्ष- कांग्रेस ३२ सीटेको पछि हिँड्यो भन्नुहुन्थ्यो, आफैँ कोशीमा ८ सीटको पछि हिँड्नुभयो (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    केदारलाई भोट हाले कारवाही गर्ने भन्ने यहि फ्याउरो होईन ? गरेर देखा शेखरलाई कारवाही । ओलिलाई किन भनेको यसले ? मध्यावधी टार्न एमालेले ८ सिटलाइ भोट हालेक‍ो हो । यस्ता फ्याउराले राजनीति गर्छ ? राजनीति कसरी गर्ने शेखरसँग सिक देउवाको पुच्छर ।

    1. डा. शमोला भुसाल Avatar
      डा. शमोला भुसाल

      विश्वप्रकाश भन्ने व्यक्ती कसरी महामन्त्री भएका होलान् ? यिनी त सार्‍है छुद्र कुरा गर्दा रहेछन् । घनश्याम भुसाल जस्तै यिनी पनि अति सस्तिदै गएको महसुस भएको छ।

  2. nagendra Avatar
    nagendra

    २ पैसा नि मुल्य बढी हुने कुरा !!
    आफ्नु लाचारी र अकर्मन्यता अझ भनम, बिचार सुन्यताको अवस्था !! अब छोरी बाट सिक्नु : के गर्न पर्छ के गर्न हुन्न भन्ने !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *