मुख्यमन्त्रीमा बहुमत पुर्‍याउन नसकेपछि आङ्वोको प्रतिक्रिया- कांग्रेसकै कारणले एमाले सरकारबाट फिर्ता भयौं

काठमाडौं । नेकपा माओवादी केन्द्रका कोशी संसदीय दलका नेता इन्द्र आङ्वोले गठबन्धनमा कांग्रेसको आग्रहमा एमाले नेतृत्वको प्रदेश सरकारबाट फिर्ता हुनुपरेको बताएका छन् । गठबन्धनमा आङ्वोलाई मुख्यमन्त्री बनाउने सहमतिपछि कांग्रेसका नेता डा. शेखर कोइराला समूहले विद्रोह गरेर एमालेसँग मिलेर सरकार बनाएपछि उनले यस्तो बताएका हुन् ।

उनले भनेका छन्, ‘गठबन्धनको कठिन अंकगणितको बाबजुत बहुमत पुर्याउने र विश्वासको मत पनि पाउने विश्वासिलो आधार हाम्रो दलसँग हुँदा पनि गठबन्धनको संवेदनशीलतालाई ख्यालमा राखेर मुख्यमन्त्रीमा कांग्रेसको दाबीलाई हामीले स्वीकार गर्यौं ।’

पहिलोपटक सरकार गठनमा कांग्रेसका उम्मेदवारलाई सभामुखको हस्ताक्षरसहित मुख्यमन्त्रीको दाबी गर्न पनि तयार भएको उल्लेख गर्दै मुख्यमन्त्रीको नियुक्ति सर्वोच्चले बदर गरेपछि कांग्रेसकै नेतालाई मुख्यमन्त्री बनाउन माओवादीसँग भएको सभामुख समेत राजीनामा गराएर बहुमतसहित सरकार गठन गर्न तयार भएको बताए ।

उनले भनेका छन्, ‘२÷२ पटक कांग्रेस नेतृत्वको सरकारले बहुमतसिद्ध गर्न नसकेपछि गठबन्धनभित्रैबाट सरकार बनाउने र विश्वासको मत प्राप्त गर्ने भरपर्दो आधारसहित प्रदेशलाई स्थायित्व दिन हामीले मुख्यमन्त्रीको दाबी गरेका हौं । हामीले गठबन्धन र सत्ता सहकार्य कांग्रेससँग गरेको हो गुट, उपगुट र पार्टी भित्रको असन्तुष्टि व्यवस्थापनको जिम्मा स्वयं कांग्रेसकै हो । पार्टीको आधिकारिक निर्णय कांग्रेसले किन लागू गर्न सकेन यसको समीक्षा गर्ला वा नगर्ला त्यो कांग्रेसको कुरा हो ।’

उनले गठबन्धन र सत्ता सहकार्यमा आफू र माओवादी सधै इमानदार रहेको जनाएका छन् ।

 

Comments

One response to “मुख्यमन्त्रीमा बहुमत पुर्‍याउन नसकेपछि आङ्वोको प्रतिक्रिया- कांग्रेसकै कारणले एमाले सरकारबाट फिर्ता भयौं”

  1. ksp pyl Avatar
    ksp pyl

    सबैभन्दा फटाहा माओवादी हो । एमालेसँग सरकार बनाएको १ महिनामै काँग्रेससँग पोइल जाने प्रचण्डजस्ता छेपारेका पुच्छरहरूले इमानजमानको के कुरा गर्छौ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *