देउवाले शेखर मनाउन नसक्दा कांग्रेस केन्द्रीय कार्य सम्पादन बैठक अनिश्चित

काठमाडौं । डा. शेखर कोइराला नआएपछि शुक्रबार स्थगित भएको नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन बैठक अनिश्चित भएको छ ।

एक पदाधिकारीका अनुसार सभापति शेरबहादुर देउवाले शेखरसँग छलफल गरेर कतिखेर बैठक बस्ने भनेर खबर गर्छु भनेको सायद उनीहरुबीच कुरा नमिलेपछि बैठक कतिखेर बस्ने खबर नआएको हो ।

‘कोइरालासँग सहमति नभइ बैठक बस्दैन’, उनले भने, ‘सहमति नभएसम्म कोशी प्रदेशमा हाम्रो उम्मेदवार आङ्बो नै रहनेछ । हाम्रो तर्फबाट गठबन्धनलाई धोका हुने काम हुने छैन ।’

 

Comments

One response to “देउवाले शेखर मनाउन नसक्दा कांग्रेस केन्द्रीय कार्य सम्पादन बैठक अनिश्चित”

  1. ksp pyl Avatar
    ksp pyl

    बैठक बस्नुपर्ने कुनै कारण नै छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *