राष्ट्रपति पौडेललाई राजीनामा दिन कमल थापाको आग्रह

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रपति रामचन्द्र पौडेललाई राजीनामा दिन आग्रह गरेका छन् ।

उनले कोशी प्रदेशको मुख्यमन्त्री छान्ने प्रक्रियामा हस्तक्षेप गरेको टिप्पणी गर्दै थापाले राष्ट्रपति पौडेलले राजीनामा दिनपर्ने बताए ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘कोशी प्रदेशमा मुख्यमन्त्री छान्ने प्रक्रियामा गठबन्धनको पक्षमा राष्ट्रपति रामचन्द्र पौडेलको सक्रियताले नेपालमा राष्ट्रपति सबैको साझा हुन सक्दैन भन्ने फेरि प्रमाणित भएको छ । पार्टी राजनीतिमा संलग्न पौडेललाई पदमा बस्ने नैतिकता छैन । तत्काल राजीनामा दिन रामचन्द्र पौडेललाई आग्रह गर्दछु ।’

Comments

One response to “राष्ट्रपति पौडेललाई राजीनामा दिन कमल थापाको आग्रह”

  1. ksp pyl Avatar
    ksp pyl

    लाज नभएका भए पछि के राजिनामा आउनु ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *