नेपालको आगामी प्रतियोगिताबाट नाम फिर्ता लिने सन्दीपको निर्णय

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले नेपालको आगामी अन्तर्राष्ट्रिय प्रतियोगिता  नखेल्ने निर्णय गरेका छन् । आफू कठिन परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै उनले सामाजिक सञ्जालबाट यस्तो जानकारी गराएका हुन् ।

सन्दीपमाथि दायर गरिएको मुद्दा लामो समयदेखि जिल्ला अदालतमा विचाराधीन छ । पटक-पटक विभिन्न बहानामा फैसला पेशी सर्दै आएकाले सन्दीप निराश छन् । आज तोकिएको पेशीमा पनि सुनवाइ हुन नसकेपछि सन्दीपले अप्रिय निर्णय लिएका हुन् ।

क्रिकेटर सन्दीप लामिछानेले त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृखलाबाट आफ्नो नाम फिर्ता लिने निर्णय गरेका छन् । उनले बिहीबार राती आफ्नो सामाजिक सञ्जालमा पोस्ट गर्दै नाम फिर्ता लिने निर्णय गरेको बताएका छन् ।

उनी लेख्छन्, `भारी मनका साथ आगामी प्रतियोगिताबाट नाम फिर्ता लिने निर्णय गरेको छु । म मेरो जीवनको कठिन र चुनौतीपूर्ण समयहरूबाट गुज्रिरहेको छु । आफूलाई पुन:जागृत गर्न आवश्यक छ र त्यसका लागि परिवारसँग समय चाहिन्छ भन्ने महसुस गरेको छु। मैले अहिलेसम्म पाएका सबै आशीर्वाद र शुभकामनाहरूका लागि म कृतज्ञता व्यक्त गर्न चाहन्छु। सबैलाई धन्यवाद। अर्को भेट नभए सम्म।’

नेपालले घरेलु मैदानमा युएई र हङकङसँग त्रिकोणात्मक सिरिज खेल्दै छ । आगामी कात्तिक १ गतेबाट सुरु हुने उक्त सिरिजमा सन्दीप अनुपस्थित रहने भएका छन् ।

Comments

One response to “नेपालको आगामी प्रतियोगिताबाट नाम फिर्ता लिने सन्दीपको निर्णय”

  1. पारस कार्की Avatar
    पारस कार्की

    निर्णय सुनेर नरमाइलो लाग्यो भाइ। यो नया नेपाल हो भनेर तिमीले बिर्सेछौ। अब राजनीति गर र कानून परिमार्जन गर।

Leave a Reply

Your email address will not be published. Required fields are marked *