विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका केदार कार्कीसहितका कांग्रेसका प्रदेशसभा सदस्यरुले कोशी प्रदेशका प्रदेश प्रमुख समक्ष सशरीर उपस्थित भएर आफूहरुले दोहोरो हस्ताक्षर नगरेको बताएका छन् । उनीहरुले आफैं उपस्थित भएर हस्ताक्षर बुझाँउदै आफुहरुले अरु कसैलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर नगरेको बताएका छन् ।
उनीहरुले अरु कसैले आफ्नो हस्ताक्षर पेश गरेको भए त्यो झुटो भएको समेत बताएका छन् । पछाडि बुझाएको हस्ताक्षरमा दलको उप नेताबाट राजीनामा दिएका हिमाल कार्कीले समेत हस्ताक्षर गरेका छन् ।
प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाउन रामकुमार खत्री, इलामका शमशेर राई र गोविन्द गिरी, धनकुटाकी इन्दिरा थापा, मोरङका मानबहादुर लिम्बू, सुनसरीका सुनिता गुरुङ र उदयपुरकै लीलाकुमारी राई उपस्थित भएका छन् । यस्तै, सुनिता गुरुङसमेत सशरीर उपस्थित भएकी थिइन् ।

Leave a Reply