बनेपा । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका ८ सिनागालबाट बिहीबार सशस्त्र प्रहरीले करिब ७ के.जी. चाँदीको सिक्कासहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
भारतको रक्सौल नागाटोल, पूर्वी चम्पार घर बताउने २९ वर्षीय आश्वानी शराफलाई सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्यूरोले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारि दिए ।
वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुवाहक बसमा सवार शराफको साथमा उल्लेखित परिमाणको ३ वटा पोकामा चाँदी जस्तो देखिने सेतो धातुको सिक्का लगायतको गरगहना फेला परेपछि नियन्त्रणमा लिएको हो । उनलाइ आवश्यक कारबाहिका लागि सम्बन्धित निकायमा बुझाउने तयारी गरिएको छ ।

Leave a Reply