अनुसन्धान अधिकृतकै सर्टिफिकेट नक्कली, सेवा सुविधा फिर्तासहित कारबाही माग

रुपन्देही । राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय प्यूठानमा अनुसन्धान अधिकृत पदमा कार्यरत सज्जनबहादुर बुढाथोकीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

आयोगले उनले पेश गरेका प्रमाणपत्र नक्कली भएपछि अहिलेसम्म पाएको सेवा सुविधासहित सबै भ्रष्टाचार ठहर गर्दै सजाय माग गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार क्षेत्रीले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश इलाहाबाद भारतबाट इन्टरमिडिएट तह उत्तीर्ण गरेको भनी शैक्षिक योग्यताको झूटा प्रमाणपत्र पेश गरी राष्ट्रिय अनुसन्धान विभागको सहायक निरीक्षक पदमा सुरु नियुक्ति भई वरिष्ठ अनुसन्धान सहायक र अनुसन्धान अधिकृत पदमा बढुवा भै सरकारी लाभ तथा सुविधा लिएको देखिएको छ ।

आयोगले बुढाथोकीको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० अनुसारको कसुर भएको पुष्टि हुन आएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको सजाय माग दाबी लिई विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *