काठमाडौं । विद्यालय शिक्षा विधेयक, २०८० मा १६५ वटा संशोधन प्रस्ताव दर्ता भएको छ ।
संघीय संसद सचिवालय विधि व्यवस्थापन महाशाखाअन्तर्गत रहेको प्रतिनिधिसभाको विधेयक शाखाका अनुसार उक्त विधेयकमा १६० वटा संशोधन प्रस्ताव दर्ता भएको हो ।
असोज २१ गते बसेको प्रतिनिधिसभाको बैठकले ‘विद्यालय शिक्षा विधेयक, २०८०’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको थियो ।
प्रतिनिधिसभा नियमावलीअनुसार त्यसको ७२ घण्टामा प्रतिनिधिसभाका सदस्यले संशोधन प्रस्ताव दर्ता गराएका हुन् ।

Leave a Reply