काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा र बेलायती सेनाका सेनाध्यक्षबीच भेटवार्ता भएको छ ।
असोज २१ बाट बेलायतको भ्रमणमा रहेका प्रधान सेनापति शर्मा र बेलायती सेनाध्यक्ष जनरल सर प्याट्रिक स्याण्डर्सबीच लण्डनस्थित सैनिक मुख्यालयमा शिष्टाचार भेटघाट भएको नेपाली सेनाले जनाएको छ ।
भेटका क्रममा स्याण्डर्सले नेपाली सेनाको पेशागत क्षमता अभिवृद्धिमा बेलायती सेनाको सहयोग निरन्तर रहने बताए ।
भेटमा सैनिक तालिम महानिर्देशक सन्तोष कुमार ढकाल, बेलायतका लागि सैनिक सहचारी सहायक रत्न बहादुर गोदार र नेपालका लागि बेलायती सैनिक सहचारी कोल पाउल स्मिथको उपस्थिति रहेको सेनाले जनाएको छ ।
यसैबीच प्रधान सेनापति शर्माले बेलातको रोयल कलेज अफ डिफेन्स स्टडिजको भ्रमण गरेका छन् । उनले त्यहाँ हुने गतिविधि र तालिमबारे जानकारी लिएका छन् ।
प्रधान सेनापति लण्डनस्थित नेपाली राजदूतावासमा उनको सम्मानमा आयोजित रात्रिभोजमा सरिक भए । 


Leave a Reply