सन्दीपको मुद्दा आज पनि पेशीमा चढेन, जिल्ला अदालतमा न्यायाधीशको हाहाकार

काठमाडौं । सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि सुनवाइ स्थगित भएको छ । जिल्ला अलालतमा न्यायाधीश अपर्याप्त भएकाले मुद्दा स्थगनमा परेको हो ।

अदालतमा मुद्दाका ३० वटा फाँट छन् भने ३० जना न्यायाधीशकै दरबन्दी छ । एउटा फाँटको मुद्दा एक न्यायाधीशको इजलासमा पर्छ । हरेक बिहान गोला तानेर न्यायधीश र फाँटको टुंगो लगाइन्छ । आज सन्दीपको २८ नम्बर फाँटसहित ९ वटा फाँटका मुद्दा स्थगनमा परेका छन् ।

अदालतका सूचना अधिकारी दीपक दाहालका अनसार आज ३० मध्ये २१ जनामात्रै न्यायाधीशको उपस्थिति छ । ६ जना न्यायाधीश सरुवा भएर आइनपुगेको र ३ जना न्यायाधीशले व्यक्तिगत कारण देखाएर बिदा लिएको उनले जानकारी दिए । बिदा लिने न्यायाधीशमा दीपक खनाल, भीमलाल वेलवासे र उत्तम सिलवाल छन् ।

आज उपलब्ध २१ जनाले गोला थुत्दा २८ नम्बर फाँटको कसैले पनि थुतेन । यसअघिका दुईवटा पेशी पनि न्यायाधीश अभावकै कारण स्थगित भएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *