आगो ताप्ने क्रममा पेट्रोल खन्याउँदा जलेर एकजना गम्भीर घाइते

हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकामा कम्मर मुनिको भाग जलेर एक जना युवा गम्भीर घाइते भएका छन् । घाइते हुनेमा कैलाश गाउँपालिका वडा नं १० भवङ बस्ने २३ वर्षीय हिक्मत भोलन जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मंगलबार विहान १० बजेको समयमा सामूहिक रुपमा भोलनको घरदेखि करिब एक सय मिटर उत्तरतर्फ बारीमा आगो बालेर तापिरहेको अवस्थामा एक १७ वर्षका किशोरले बलिरहेको आगोमा पेट्रोल खन्याउँदा दन्किएको आगो भोलनले लगाएको कपडामा सल्किएको र उनको कम्मर भन्दा मुनिको भाग पुरै जलेर घाइते भएको मकवापनुरका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

गम्भीर घाइते भएका भोलनलाई हेटौँडा अस्पताल ल्याईएको र यहाँ उपचार संभव नभएपछि काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा रिफर भएको प्रहरीले जनाएको छ । घाइतेको कम्मर मुनिको करिब ३५ प्रतिशत भाग जलेको प्रहरीको भनाइ रहेको छ । घाइते अवस्था गम्भीर बताइएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *