नेपाल एयरलाइन्सको वाइडबडी जहाज आज इजरायल नजाने

काठमाडौं । इजरायलको युद्धमा अलपत्र परेका नेपाली नागरिकको उद्धारका लागि उड्न लागेकाे जहाजको सम्पूर्ण कानूनी प्रक्रिया पूरा भएको पर्यटन मन्त्रालयले जनाएकाे छ ।

यससँगै नेपाल वायु सेवा निगमको वाइडबडी ए३३० जहाज इजरायलका लागि बिहीबार नेपाली समयअनुसार बिहान २ः३० बजे त्यसतर्फ प्रस्थान गर्ने मन्त्रालयले जानकारी दिएको छ । जहाज दुबई हुँदै इजरायल पुग्नेछ र त्यहाँ समस्यामा परेका नेपालीलाई लिएर फर्कनेछ ।

यसअघि दुबई ट्रान्जिट बनाएर बुधबार राति ११ बजे उद्धार उडान भर्ने दिउँसाे निर्णय भएकाे थियाे ।

Comments

One response to “नेपाल एयरलाइन्सको वाइडबडी जहाज आज इजरायल नजाने”

  1. Dipendra karki Avatar
    Dipendra karki

    फुर्सदमा दलीय झोलेलाई राजदुत नियुक्ति गर्यौ , समस्यामा त्यसले काम गरेन!😔

Leave a Reply

Your email address will not be published. Required fields are marked *