इजरायलमा नेपाली विद्यार्थी लिन परराष्ट्रमन्त्री साउद आफैं जाने

काठमाडौं । इजरायलबाट नेपाल फर्किन चाहने नागरिकलाई स्वदेश फर्काउनका लागि परराष्ट्रमन्त्री एनपी साउद आफैँ जाने भएका छन्।

आज बसेको मन्त्रिपरिषद्को बैठकपछि उद्योगमन्त्री रमेश रिजालले नेपाली विद्यार्थी लिन परराष्ट्रमन्त्री साउद आफैँ इजरायल जाने बताए।

२६५ विद्यार्थीमध्ये १० जनाको निधन भएको र केही सम्पर्कमा नरहेको भन्दै बाँकीलाई २५० सीटको वाइडबडी विमानबाट एकैपटक ल्याउने सरकारको तयारी छ। विद्यार्थीलाई लिन आजै विमान इजरायल जाँदैछ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *