काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंह इजरायल घटनामा नेपाली विद्यार्थीको मृत्यु हुँदा समेत सरकारले विज्ञप्ति निकाल्ने र फोन गरेर हालचाल बुझ्ने काम मात्रै गरेकोप्रति असन्तुष्टि जनाएका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले इजरायलमा रहेका विद्यार्थीहरुसँग फोनमा कुराकानी गरेकोप्रति असन्तुष्टि जनाउँदै उनले भने, ‘हालचाल त मिडियाले पनि बुझ्छ । त्यो त मिडियाको काम हो । सरकारको काम त उद्धार गर्ने हो । त्यसकारण सरकार उद्धार गर्नेतिर अगाडि बढोस् । जताबाट जति खर्च लागे पनि राज्यको खर्चबाट उनीहरूको उद्धार होस् ।’
उनले आफ्ना नागरिकको जिउधनको रक्षा गर्न नसक्ने सरकार केका लागि ? भन्दै प्रश्न गरे । सरकारका प्रधानमन्त्री, मन्त्री, राष्ट्रपति, सांसदको तलब काटेर पनि चार्टर प्लेनमार्फत् नागरिकको उद्धार गर्न माग गरे ।

Leave a Reply