हेटौंडा । मकवानपुरको हेटौंडामा मोटरसाइकलले साइकल यात्रीलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ को मदन भण्डारी राजमार्गमा भएको दुर्घटनामा स्थानीय ५० वर्षका धर्मराज पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
हेटौंडाबाट बकैयातर्फ गइहेको ना ६ प ७७२ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको साइकल यात्री पौडेललाइ ठक्कर दिएको थियो ।
ठक्करबाट घाइते भएका पौडेलको उपचारको क्रममा चितवन मेडिकल कलेज लगेकोमा उपचारको क्रममा पौडेलको मृत्यु भएको प्रहरीको भनाइ छ ।
प्रहरीले मोटरसाइकल चालक बकैया १२ घले गाउँका बलराम घलेलाइ नियन्त्रणमा लिएको छ ।

Leave a Reply