कैलाली । इजरायलमा भइरहेको युद्दमा परेका नेपालीहरुको अवस्थाबारे सरकारले चासो नदिएको भन्दै यहाँका विद्यार्थीहरुले आन्दोलन गरेका छन् ।
धनगढी स्थित ऐश्वर्य विद्या निकेतनका विद्यार्थीहरुले आज धनगढीमा नाराबाजी गर्दै आन्दोलन गरेका हुन् ।
युद्दमा नेपालीहरुको मृत्यु र सम्पर्क बिहिनताको अवस्थामा पनि सरकारले उद्धार र खोजिमा चासो नदिएको उनीहरूले आन्दोलन गरेका हुन् ।
विद्यार्थीहरुले नाराबाजी गर्दै सरकारको ध्यानाकर्षण गराएका ।
‘विद्यार्थीहरुले हाम्रो सरकार खै ?’, ‘विद्यार्थी मार्न पाइँदैन’ , ‘विद्यार्थीको उद्धार र खोजी गर’ जस्ता नार लगाउदै धनगढीमा प्रदर्शन गरेका हुन् ।

Leave a Reply