काठमाडौं । राप्रपा नेपालले इजरायलमा हमासले गरेको आक्रमणमा परी ज्यान गुमाउने नेपालीप्रति दुःख व्यक्त गर्नुका साथै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
पार्टीका अध्यक्ष कमल थापाको नेतृत्वमा आज बसेको बैठकले घटनाको निन्दा गर्दै इजरायलमा रहेका नेपालीहरुको सुरक्षा र आवश्यक परेको उद्दारको निम्ति सरकारको ध्यानाकर्षण पनि गराएको छ ।
त्यस्तै, सरकारसँग सत्यतथ्य जानकारी प्रसारण गर्न पनि राप्रपा नेपालले सरकारसँग आग्रह गरेको छ ।
त्यस्तै, दिन दहाडै नेपालगञ्जमा चेतन मानन्धरको नृसंश हत्यामा संलग्न रहेका रिगल भनिने योगराज ढकाललाई उन्मुक्ति दिने सरकार र राष्ट्रपतिको निणर्यको भर्त्सना गर्दै विरोध गरेको छ ।
पार्टीले राजसंस्थाको पुनःस्थापनका लागि आगामी असोज २७ गते ललितपुरमा र असोज २९ गते सुनसरीमा गणतन्त्र विरोधसभाको आयोजना गर्ने निणर्य गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

Leave a Reply