राष्ट्रपतिसँग प्रधानमन्त्री र उपप्रधानमन्त्रीद्वयको अलग अलग भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री दाहालले शनिवार साँझ शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् ।

भेटमा प्रधानमन्त्री दाहालले आफ्नो दुवै भ्रमणबारे जानकारी गराएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताए ।

उनका अनुसार सो भेटमा मुलुकका अहिलेको समसामयिक विषयमा पनि छलफल भएको थियो ।

यसअघि राष्ट्रपति पौडेलसँग उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भेट गरी समसामयिक विषयमा छलफल गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *