कन्टेनर दुर्घटना हुँदा मकवानपुरमा एक जनाको मृत्यु

हेटौंडा । त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको थाहा नगरपालिका-१ कुन्छालमा कन्टेनर गाडी दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

आज शनिबार बिहान वीरगंजबाट काठमाडौं जाँदै गरेको ना.६ख ३९८७ नम्बरको कन्टेनर कुन्छालको मोडमा दुर्घटना हुँदा कन्टेनर चालक नुवाकोट बेलकोट-५ बस्ने ४२ वर्षीय दीप श्रेष्ठको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।

उनका अनुसार प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *