कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै, यस्तो छ राप्रपाको रणनीति

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदैछन् । कार्की संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतले भदौ २२ गते मुख्यमन्त्री नियुक्ति भएका थिए ।

मुख्यमन्त्री भएको ३० दिन भित्र बिश्वासको मत लिनुपर्ने छ । तर, कार्कीले विश्वासको मत पाउने अवस्था अहिलेसम्म देखिएको छैन । एमालेसङ उपसभामुख सहित प्रदेश सभामा ४० सदस्य छन । सभामुख पद रिक्त रहेको अवस्थामा उपसभामुखलले सभा चलाउदा ३९ जना एमालेका प्रदेश सभा सदस्यले मात्रै विश्वासको मत दिन पाउनेछन ।

एमालेलाई साथ दिदै आएको राप्रपाले विश्वासको मत पाउने आधार नभए यस पटक विश्वासको मत नदिने जनाएको छ । कोशी प्रदेशमा रहेका नेपाली काङ्ग्रेस माओवादी एकीकृत समाजवादी र जसपाले कार्कीलाई विश्वासको मत नदिने बताउँदै आएका छन् ।

कोशी प्रदेश सभामा काङ्रेसको २९, माओवादीको १३ समाजवादीको ४ र जसपाको १ सदस्य रहेका छ्न । विश्वासको मत लिने प्रयोजनका लागि आज प्रदेस सभा बोलाईएको छ ।

कार्कीले विश्वासको मत पाउने आधार तयार गरे राप्रपाले विश्वासको मत दिने भएको छ । त्यसो नहुँदा तटस्थ बस्ने रणनीति राप्रपाले बनाएको छ । संविधानको धारा १६८ ९३० अन्तर्गत सबैभन्दा ठूलो दलको हिसाबले मुख्यमन्त्री बनेका कार्कीले विश्वासको मत पाउने आधार राप्रपालाई भन्नुपर्ने प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले बताए ।

अहिलेसम्म विश्वासको मत पाउने प्रष्ट आधार देखिएको छैन ।

सिटौलाले भने, ‘सत्ता गठबन्धनले के गर्छन् भन्ने कुरासँग सरोकार भएन । कार्कीजीले विश्वासको मत पाउने आधार भन्नुभयो भने हामी विश्वासको मत दिन्छौं । नत्र हामी तटस्थ बस्छौं ।’

उनले संविधानको धारा १६८ ९५० अन्तरगतको सरकार गठनका विषयमा भने राप्रपाले धारणा बनाइनसकेको प्रष्ट्याए । सिटौलाले अहिले राप्रपा कोशी प्रदेश सरकारमा नभए पनि हिक्मत सरकारको सहयात्री भएको बताए ।

‘सहयात्री भएका कारण एमालेसँगको सहकार्य तोड्ने मनस्थितिमा हामी छैनौं’, उनले नेपाल प्रेससँग भने ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *