संयुक्त राष्ट्रसङ्घका महासचिवको लुम्बिनी आउने भएपछि विकास कोषले थाल्यो स्वागतको तयारी

रूपन्देही । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निमन्त्रणामा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेस नेपाल भ्रमणमा आउने भएका छन् ।

महासचिव एन्टोनियो  गुटर्रेस नेपाल भ्रमणको क्रममा लुम्बिनी भ्रमण गर्ने निश्चित भएसँगै लुम्बिनी विकास कोषले भ्रमणको लागि सरोकारवालासँग छलफल सुरु गरेको छ।

महासचिव एन्टोनियो गुटेरेसको लुम्बिनीमा स्वागत एवं भ्रमणबारे जानकारी गराउदै संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामाले तयारीबारे जानकारी गराएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीसहितको उपस्थिति रहेको छलफलमा महासचिवको स्वागतसँगै लुम्बिनीको सम्बर्द्धन र सहयोगको लागि अपिल गर्ने साथै विश्वभर बुद्धको पवित्र जन्मस्थल लुम्बिनी बारे प्रचार(प्रसार गर्ने छलफलको उद्देश्य रहेको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताएका हुन् ।

असोज २६ गतेदेखि तीन दिनको लागि महासचिव गुटर्रेस नेपालमा रहने बताइएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिवको नेपाल भ्रमणका विषयमा परराष्ट्र मन्त्रालयले तयारी गरिरहेको हो।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *