दशैंमा विद्यार्थीलाई घर जान सरकारी गाडीको व्यवस्था मिलाउन सांसद सापकोटाको माग (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले चाडपर्वमा विद्यार्थीलाई सरकारी गाडी प्रयोग गरेर घर जाने व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

प्रतिनिधिसभा बैठकमा बोल्दै उच्च शिक्षाका लागि गाउँ गाउँबाट नजिकका सहरबाट आएका र काठमाडौं रहेका विद्यार्थीलाई सरकारी र संस्थानका गाडीको प्रबन्ध गरी दशैंमा घर पुर्‍याउने प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले ठेक्का सम्झौता भएर भुक्तानी दिन बाँकी आयोजनाहरूको भुक्तानीका पनि सरकारको ध्यानाकर्षण गराए । बर्षातको बाढी पहिरोले बिग्रेका गाउँ गाउँमा पुग्ने ग्रामीण बस्तीका सडक सरसफाइ गर्न संघीय सरकारले बजेटको प्रबन्ध गर्न पर्नेमा जोड दिए ।

उनले संसदमा भने ‘दशैं लगायतका सांस्कृतिक चाडपर्वले घेरिसकोको छ । सरकारले गत वर्षमा लगायत ठेक्का सम्झौता भएर चालु अवस्थामा रहेका परियोजनाहरूको भुक्तानी दिन सकिराखेको छैन र ती आयोजनाहरू अलपत्र अवस्थामा छन् । त्यसैले ती आयोजनाहरूका रनिङ विल भुक्तानी सम्पन्न गर्नका लागि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *