डिलासैनी गाउँपालिकाले माग्यो भूकम्पबाट क्षति भएका विद्यालयहरुको विवरण

डोटी । बैतडीको डिलासैनी गाउँपालिकाले मंगलवार गएको भूकम्पका कारण क्षति भएका विद्यालयहरुको बिवरण ७ दिनभित्र गाउँपालिकामा पेश गर्न विद्यालयहरुलाई सूचना गरेको छ ।

गाउँपालिकाका शिक्षा शाखा प्रमुख महादेव भट्टद्वारा जारी सूचनामा भूकम्पका कारण क्षति भएका विद्यालयहरुलाई विवरण पेश गर्न भनिएको हो । सूचनामा क्षतिको विवरणसँगै प्रहरी मुचुल्का, क्षति भएको प्रष्ट देखिने फोटो समेत पेश गर्न भनिएको छ ।

विद्यालयको क्षति भूकम्पकै कारण भएको हो भन्ने सम्वन्धित वडा कर्यालयको सिफारिस, पुनः निर्माणका लागि लागत अनुमान र विद्यालय व्यवस्थापन समितिको निर्णय समेत क्षतिको बिवरणसंग पेश गर्नु पर्ने गाउँपालिकाको शिक्षा शाखाले जानकारी गराएको छ ।

बझाङको हेमन्तवाडा केन्द्रबिन्दु बनाई गएको भूकम्पका कारण एक जनाको ज्यान गएको बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जानकारी दिए । मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका–११ कि गुनमति धामी रहेकी छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यायल धनगगढीका अनुसार भूकम्पका कारण २७ जना घाइते भएका छन् । बझाङमा १८, अछाममा ५, बाजुरा र बैततीमा २÷२ जना घाईते भएका प्रदेश प्रहरीले जानकारी दिएको छ ।

सो भूकम्पका कारण ३३ सरकारी कार्यालयका भवनहरुमा आंशिक क्षति पुगेको, ७६ नीजि घरहरु पूर्ण रुपमा क्षति भएका र ३ सय २ निजी घरमा आंशिक क्षति पुगेको प्रदेश प्रहरीले सार्वजनिक गरेको बिवरणमा उल्लेख छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *