‘हुन्डाई फेस्टिभ कार्निवल’ आयोजना हुँदै

काठमाडौं । आउँदै गरेको बडा दशैं, दिपावली र छठको उपलक्ष्यमा हुन्डाई नेपालले ‘हुन्डाई फेस्टिभ कार्निवल’ गर्ने भएको छ ।

यहि असोज १९ गते अर्थात शुक्रबारदेखि असोज २१ गतेसम्म सञ्चालन हुने चाडपर्व लक्षित हुन्डाई फेस्टिभ डिलाइट अन्तर्गत ‘हुन्डाई फेस्टिभ कार्निवल’ देशभरका सबै शोरुमबाट सञ्चालन हुन लागेको हो ।

कम्प्नीले फेस्टिभ कार्निवलमा आफ्ना ग्राहकसँग प्रत्यक्ष भेटघाट गरी शुभ–कामना आदानप्रदान गर्दै विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाइने जनाएको छ ।

कार्निवलमा हुण्डाईको सबै शोरुममा फरक फरक कार्यक्रमहरु आयोजना गरिनेछ। ‘लाइभ फड स्टल, लाइभ सांगितिक प्रस्तुति, किड्स प्ले जोन, गाडीसम्बन्धि आवश्यक विभिन्न डिआईवाई टिप्स र ट्रिक्स, निःशुल्क गाडीको परीक्षण तथा चेक जाँच, मूल्यांकन तथा एक्सचेन्ज सुविधा, ईभि गाडी सम्बन्धि विशेष जानकारी तथा अन्तरक्रिया कार्यक्रम, ईभि हाई भोल्टेज ब्याट्री चेकअप ,मोटोर र्याली जस्ता अरु विभिन्न कार्यक्रम संचालन हुने छन् ।

तीनदिने कार्निवललाई रोचक र प्रतिस्पर्धी बनाउन हुण्डाईले टिकटक कनटेक्ट, उक्टा ट्रेसर हण्ट, दैनिक टटेस्ट ड्राईब एण्ड विन र महिला चालकहरुप्रति लक्षित ‘हुण्डाई विल अन विलस’ जस्ता कार्यक्रमहरु कम्पनीले आयोजना गरेको छ ।

कार्नीवलमा आयोजना गरिएका प्रतियोगितामा सहभागीभै विजेता हुनेले विश्व प्रसिद्ध ब्रान्ड बोस्च र वेयरपुल का वाशिङ मसिन, माइक्रोवेव ओवन, मिक्सर ग्राइन्डरहरु पाउनेछन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *