मन्दीले ३५ प्रतिशत सटर बन्द भइसके, मूल्यवृद्धि नियन्त्रणमा सरकारको उपस्थिति देखिएन : प्रदीप पौडेल (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले चर्को मूल्यवृद्धिको बेलामा सरकारको उपस्थिति नदेखिएको बताएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै देश आर्थिक मन्दीले थलिएर ३५ प्रतिशत सटर बन्द भएको तथ्यांक सार्वजनिक भएको बताए ।

उनले भने, ‘यति नै बेला उपभोक्तालाई मार पर्ने गरी बजारमा मूल्यवृद्धि भइरहेको छ। १९ सयमा पाइनले चामलको बोरालाई अहिले तीन हजार पर्छ। दाल, चिनीलगायत तरकारीको मूल्य आकासिएको छ। सरकारले मूल्यवृद्धि ७ प्रतिशतमा राख्ने घोषणा गरे पनि आर्थिक वर्ष सुरु भएयता १४ प्रतिशतले मूल्यवृद्धि भइसकेको छ। यति बेला सबै चिजको मूल्य बढे पनि सरकारप्रतिको भरोसा बढ्न नसकेको स्थिति हो। त्यसैले देखावटी होइन साँचै मूल्यवृद्धि नियन्त्रण गर्ने गरी सरकारले आफ्नो उपस्थिति देखाओस्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *