पोखरामा निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन हुने

पोखरा । पोखरा महानगरपालिका १३ ले निःशुल्क लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गर्ने भएको छ ।

आयोगको शाखा अधिकृत, नायब सुब्बा र शिक्षक सेवा आयोगको निःशुल्क कक्षा तयारी गर्ने भएको हो ।

दक्ष, अनुभवी शिक्षक तथा कर्मचारीबाट कक्षाको तयारी गर्न लागेको वडाध्यक्ष किरण बरालले बताए ।

उनका अनुसार कक्षामा सहभागी हुन चाहनेले नेपाली नागरिकताको प्रमाणपत्र प्रतिलिपि र शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि बुझाउनुपर्ने छ ।

पासपोर्ट साइजको २ फोटो तथा तालिम लिएको भए प्रमाणपत्रको प्रतिलिपि र हस्तलिखित निवेदन हुनुपर्नेछ ।

वडा कार्यालयबाट फारम वितरण भइरहेकाले कात्तिक १ गतेसम्म फारम भर्न पाउने बताए ।

शैक्षिक नागरिक विदेश पलायन नहोस् र स्वदेशमा रोजगारीका लागि प्रेरणा मिलोस् भनेर कक्षा तयारी गर्न लागेको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *