भक्तपुरमा अनियन्त्रित कारले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु, मोटरसाइकल चालक घाइते

काठमाडौं। भक्तपुरको मध्यपुर ठिमी-९ निकोसेरामा अनियन्त्रित कारले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ।

प्रहरीका अनुसार बिहीबार बिहान दुवाकोटबाट पुरानो ठिमी जाँदै गरेको बागमती प्रदेशको ०२-०४१प३३१९ नम्बरको मोटरसाइकलसँग ठोक्किँदा राधेराधेतर्फ आइरहेको बा ५ च २०४९ नम्बरको कारले अनियन्त्रित भई पैदल यात्री धनुषाको जनकपुरका ५८ वर्षीय योगराज बराललाई ठक्कर दिएको थियो।

बरालको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकल चालक र कार चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *