काठमाडौं । अवैधरूपमा विदेशी मुद्रा लैजान खोजेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७० वर्षीय अमेरिकी नागरिक पक्राउ परेका छन् ।
डेभिड एलान हारउडको साथबाट नेपालसहित पाँच देशको मुद्रा बरामद भएको त्रिभुवन विमानस्थल प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार हारउडको साथबाट ११५ अमेरिकी डलर, ४४ सिंगापुर डलर, २० हजार ९९० थाई भाट, २८ हजार १० भारतीय रूपैयाँ र नेपाली रूपैयाँसहित ६ लाख ७ हजार ४ सय ९६ रूपैयाँ ७० पैसा नेपाली रूपैयाँ बराबरको रकमको बरामद भएको छ ।
हारउडलाई आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग पठाइएको छ ।

Leave a Reply