नेपालगञ्जमा शान्ति कायम गर्न सर्वपक्षीय बैठक

रुपन्देही । बाँकेको नेपालगञ्जमा शान्ति र सद्भाव कायम गर्न जिल्ला प्रशासन कार्यालयको समन्वयमा सर्वपक्षीय र सर्वदलीय बैठक बसेको छ ।

बैठकमा लुम्बिनी प्रदेश सरकारका गृहमन्त्री सन्तोष पाण्डे, बाँके क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य डा. धवलशमशेर राणा, प्रदेशसभा सदस्य कृष्णा केसी नमुना, पूर्वमन्त्री मोहम्मद इस्तियाक राई, नेपाल प्रहरीका प्रदेश प्रमुख डीआईजी उमेशराज जोशी, बाँकेस्थित राजनीतिक दलका नेता, धार्मिक संघसंस्थाका अगुवाहरु सहभागी छन् ।

प्रमुख जिल्ला अधिकारी विपीन आचार्यको समन्वयमा जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकमा नेपालगञ्जमा सद्भाव कायम गरेर पुरानो लयमा फर्काउने विषयमा छलफल भएको एक सहभागीले जानकारी दिए ।

धार्मिक विवाद बढ्दै गएपछि मंगलबार दिउँसो १ बजेबाट नेपालगञ्जमा जारी गरिएको कर्फ्यु निरन्तर छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *