साम्प्रदायिकता भड्काउने सामग्री प्रकाशन/प्रसारण नगर्न साइबर ब्यूरोको आग्रह, नटेरे कारबाही गर्ने चेतावनी

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले साम्प्रदायिकता भड्काउने सामग्री प्रकाशन/प्रसारण नगर्न आग्रह गरेको छ ।

पछिल्लो समय विभिन्न ठाउँमा जातीय र धार्मिक द्वन्द्व भड्कने स्थिति बनेपछि ब्यूरोले सचेत गराएको हो । अटेर गरेर त्यस्ता गतिविधि गर्नेलाई कानूनी कारबाहीको दायरामा ल्याइने ब्यूरोले जनाएको छ ।

बुधबार एक विज्ञप्ति जारी गर्दै ब्यूरोले सामाजिक सन्जाल र अनलाइन माध्यमको दुरुपयोग गरी जातीय, धार्मिक सद्भावमा खलल पुर्यााउन गतिविधि नगर्न र राष्ट्रिय एकतामा आँच आउने तथ्यहीन सामग्री प्रकाशन/प्रसारण नगर्न अनुरोध गरेको छ ।

 

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *