हत्याराको आममाफीविरुद्ध उत्रिएकी भारतीलाई ओलीको ढाडस- तपाईंको पछाडि म र सिंगो देश छ, न्याय पाउनुपर्छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गुन्डा नाइके रिगल भनिने योग ढकालबाट मारिएका चेतन मानन्धरकी श्रीमती भारतीले न्याय पाउनुपर्ने बताएका छन् । संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा गुन्डा नाइके रिगललाई राष्ट्रपतिले आममाफी दिएपछिको प्रशंगमा ओलीले यसबारे आफूले संसदमा पनि कुरा उठाएको बताएका छन् ।

ओलीले भनेका छन्, ‘भारती बहिनी, सामाजिक सञ्जालभरी देखें- तपाईंको पीडा खपिनसक्नु छ । यो देखेर मेरा पनि आँशु आए । तपाईंले मनोबल उच्च बनाउनु पर्छ । राज्यले नागरिकको संरक्षण गर्नु पर्छ, अपराधिको होइन- आज मैले संसद्मा पनि आवाज उठाएको छु । तपाईंको पछाडि म उभिएको छु, सिङ्गो देश उभिएको छ । तपाईंले न्याय पाउनु पर्छ ।’

ओली भारतीको पीडा खपिनसक्नु भएको उल्लेख गर्दै आफ्नो पक्षबाट सक्दो सहयोग गर्ने ढाडस दिएका छन्। भारतीले श्रीमान्का हत्यारा रिगललाई आम माफी दिने राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्च अदालतमा समेत रिट दर्ता गरिसकेकी छन् ।

यस्ताे छ ओलीकाे स्टाटस:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *