इन्द्रजात्रा हेर्न गएका युवककाे धारिलो हतियार प्रहार गरी हत्या

काठमाडौं। काठमाडौंको न्यूरोडमा एक युवकको हत्या भएको छ। इन्द्रजात्रा हेर्न पुगेका ओखलढुंगाको लिखुगाउँपालिका-४ का १७ वर्षीय सनी कार्कीलाई धारिलो हतियार प्रयोग भएको थियो।

उनलाई अस्पताल लैजानेक्रममा बाटोमै मृत्यु भएको काठमाडौं प्रहरी परिसरले जनाएको छ।

परिसरका प्रवक्ता कुमोध ढुंगेलले घटनामा संलग्न भएको आरोपमा केहीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहको जानकारी दिए।

Comments

One response to “इन्द्रजात्रा हेर्न गएका युवककाे धारिलो हतियार प्रहार गरी हत्या”

  1. Deepak Avatar
    Deepak

    हत्या माथी हत्याका समाचार हरु मात्र आएका छन ! के हुँदै छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *