एमाले गण्डकी प्रदेश प्रथम अधिवेशनको बन्दसत्र सुरु

पोखरा । नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनको बन्दसत्र सुरु भएको छ । पोखरा सभागृहमा एमाले गण्डकीको प्रथम अधिवेशनको बन्दसत्र सुरु भएको हो ।

बन्दसत्रमा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव गोकर्ण विष्ट, स्थायी कमिटी सदस्य किरण गुरुङ, थममाया थापा, पोलिट ब्यूरो सदस्य जगत विश्वकर्मासहितका नेता सहभागी छन् । अधिवेशनको उद्घाटन सोमबार दिउँसो महासचिव शंकर पोखरेलले पोखरा अंमरसिङ चौरमा गरेका थिए । प्रदेशभरबाट ९ सय ७ प्रतिनिधि अधिवेशनमा सहभागी थिए ।

अधिवेशनले १६५ सदस्यीय कमिटी चुन्नेछ । प्रदेश कमिटी अध्यक्ष नवराज शर्मा, केन्द्रीय सदस्य मायानाथ अधिकारी, कृष्ण थाहा राजीव पहारी, बागलुङका जिल्ला अध्यक्ष हीराबहादुर केसी, तनहुँ पूर्व प्रदेश सभा सदस्य केदार सिग्देल, स्याङ्जा सोभियत ढकालको प्रदेश अध्यक्षमा दाबी छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *