प्रहरीको पेट्रोल पम्पमा एक करोड बढी घोटालाको आरोप लागेका असई कार्की दोषी ठहर

काठमाडौं । नेपाल प्रहरीको पेट्रोल पम्पमा एक करोड बढी घोटाला गरेको आरोप लागेका सहायक निरीक्षक-असई दिलिप कार्की दोषी ठहर भएका छन् । विशेष अदालतका न्यायाधीशहरु यमुना भट्टराई, शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले कार्कीलाई सोमबार दोषी ठहर हुने फैसला सुनाएको हो ।

प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्सालमा कार्यरत रहँदा आर्थिक वर्ष २०७४/०७५ र २०७५/७६ मा कार्कीले एक करोड ८ लाख ९९ हजार एक सय ८४ रुपैयाँ घोटाला गरेको आरोप लागेको थियो ।

कार्कीलाई हुन सजाय निर्धारण हुन बाँकी छ।

 

Comments

One response to “प्रहरीको पेट्रोल पम्पमा एक करोड बढी घोटालाको आरोप लागेका असई कार्की दोषी ठहर”

  1. Shree Ram Chhetri Avatar

    ये कार्कि भाइ तिमिले यहि सिकेका हाै तिम्रा नेपाल प्रहरिकाे सँगठनबाट ? अब हावा खायर बस । तिम्रा सम्पति पनि छानबिन हुनेभाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *