पोखरा । पर्वतको कुश्मा नगरपालिका-७ मा रहेको तमादी खोलामा जीपसहित बेपत्तामध्ये एकजनाको शव भेटिएको छ ।
झण्डै ७ सय मिटर तल जीपका पार्टपूर्जा छरिएको र मुख्य भाग बाढीले पुरिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
बेपत्ता ३ जनामध्ये रुपन्देही तिलोत्तमाका ३४ वर्षीय गोपाल बस्नेतको शव भेटिएको पर्वतका प्रहरी प्रमुख डीएसपी खुमलाल भुसालले जानकारी दिए । उनका अनुसार बाँकी दुईजनाको खोजी जारी छ ।
बागलुङबाट पोखरा आउँदै गरेको ग. १ ज ६२१३ नम्बरको जीप शनिबार साँझ तमादी खोलाले बगाएको थियो ।

Leave a Reply